मनसुन सक्रिय भए पनि यसको प्रभाव कमजोर


काठमाडौँ : आगामी २४ घण्टामा देशभर आंशिकदेखि साधारण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो देशका पहाडी भू-भागहरूमा साधारणतया बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जानकारी दिएको छ।
कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा र तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, कोशी र मधेश प्रदेशका तराई भू-भागमा हावाहुरी चल्ने सम्भावना रहेको चेतावनी दिइएको छ।
शनिबार राति पनि कोशी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा साधारण बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ।
कोशी प्रदेशका पहाड तथा तराई, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य प्रदेशका पहाड तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैगरी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि रातिको समयमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाका अनुसार हाल मनसुन सक्रिय भए पनि यसको प्रभाव कमजोर रहेको रहेको छ। मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको आसपास अवस्थित छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्