सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा, ५७.५१% भौतिक प्रगति


पाल्पा,: राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको ‘ब्रेक थ्रु’ भइसकेपछि निर्माण कार्यमा गति आएको हो ।
हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७.५१ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ । मुख्य टनेलको १,०८९ मिटर इन्भर्ट निर्माण सकिएको छ भने ८३४ मिटर लाइनिङको काम सम्पन्न भएको छ ।
सुरुङमार्ग अन्तर्गत तीन वटा बाइपासमध्ये पहिलोमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङ सकिएको छ । तेस्रो बाइपासमा १२५ मिटर इन्भर्ट र ३० मिटर लाइनिङको काम सम्पन्न भएको हो ।
दुई लेनको मुख्य सुरुङमार्गको लम्बाइ १,०८९ मिटर, चौडाइ १०.५ मिटर र उचाइ करिब सात मिटर हुनेछ । इन्भर्ट र लाइनिङको काम सकिएपछि लाइटिङ, सञ्चार र सुरक्षा उपकरण जडानको काम सुरु गरिनेछ ।
२०७९ सालदेखि सुरु भएको सुरुङमार्ग निर्माण कार्य २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल लागत सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँ रहेको यस आयोजनाको निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।
सुरुङमार्ग निर्माणपछि पहिरो जोखिमयुक्त सिद्धबाबा क्षेत्र सुरक्षित हुने र गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दी जिल्लामा यातायात सहज हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना