साताको दोस्रो दिन पनि घट्यो सेयर बजार

काठमाडौँ,: यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले घटेर दुई हजार पाँच सय ९४ दशमलव १३ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न तीन सय २२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता शेयर ६४ हजार दुई सय ७८ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ६५ करोड आठ लाख ८३ हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह एक दशमलव ८९, होटल तथा पर्यटन एक दशमलव ३६ र वित्त समूह एक दशमलव ३२ प्रतिशतले घटेको छ ।
बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ५८, जलविद्युत् शून्य दशमलव ४९, लगानी शून्य दशमलव ६० र जीवन बीमा शून्य दशमलव ५० प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ ।
आज बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ४५ करोड २५ लाख ५१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्र्रे बैंक प्रमोटर शेयर आठ लाख ४९ हजार आठ ३३ कित्ता किनबेच भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्