दुई दिन उच्च अंकले घटेको सेयर बजार आज तीन अंकले बढ्यो


काठमाडौं,: दुई दिन उच्च अंकले घटेको नेप्से मंगलबार करिब तीन अंक (०.११ प्रतिशत) ले बढेर २६३३.८७ पुगेको छ । गत बिहीबार १.२३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबारको दिन सोमबार करिब २ प्रतिशतले घटेको थियो ।
मंगलबार त्यो प्रवृत्तिमा सुधार आए पनि वृद्धि उत्साहजनक हुन सकेन । मंगलबारको सुधारलाई कारोबार रकमले पनि साथ नदिएको देखिएको छ । गएका दुई कारोबार दिन ६ अर्ब हाराहारीमा कारोबार भएकोमा मंगलबार जम्मा ४ अर्ब ३४ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।
यसले राजनीतिक तहमा उथलपुथल हुन्छ कि भन्ने डरले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा बसेको देखिन्छ ।
मंगलबार कारोबारमा आएका १२ उपसूचकमध्ये सात उपसूचकहरू सीमान्त रूपमा बढेका छन् भने पाँच उपसूचक सोही प्रवृत्तिमा घटेका छन् । कुनै पनि उपसूचकको वृद्धि वा घटाइ एक प्रतिशतभन्दा बढी हुन सकेको छैन ।
सबैभन्दा उच्च दरमा फाइनान्स उपसूचक ०.८७ प्रतिशतले बढेको छ भने विकास बैंक उपसूचक सबैभन्दा उच्च दर ०.६५ प्रतिशतले घटेको छ ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । कारोबारका हिसाबले पनि जानकी फाइनान्सको कारोबार सबैभन्दा धेरै २२ करोड रुपैयाँको भएको छ ।
त्यस्तै, सोमबार सकारात्मक सर्किट लागेर ३३ सय पुगेको कुथेली बुखारी साना जलविद्युत् आयोजनाको सेयर मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेर २९७० मा झरेको छ । एकदमै कम मात्रामा सेयर आपूर्ति भएको यो कम्पनीको कारोबारमा कर्नरिङको आशंका गरिएको छ ।
मंगलबार १ सय १७ कम्पनीको सेयर मूल्य बढेको छ भने त्यति नै संख्याका कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको सेयर मूल्यमा कुनै तलमाथि भएन ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन