आज र भोलि उच्च जोखिममा रहेका नदीहरु यी हुन्

काठमाडौं : बंगलाको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशैभरका नदीहरुको बहाव बढ्ने अनुमान छ ।
देशको १० वटा प्रमुख नदीहरुमध्ये आज उच्च जोखिममा चारवटा नदी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिन अनुसार आज उच्च जोखिममा रहेका नदीहरुमा नारायणी, देवघाट, कन्काई मैनाचुली, कमला नदी बेलसोत र बागमती पधेरादोभा छन् ।
आज मध्यम जोखिम रहेका नदीहरुमा सप्तकोशी चतरा, पूर्वी राप्ती रजैया, पश्चिम राप्ती कुसुम र बबई चेपाङ रहेको विभागको बाढी पूवाृनुमान महाशाखाले जनाएको छ ।
आज न्यून जोखिम रहेका नदीहरुमा कर्णाली, महाकाली छन् ।
भोलि शनिबार अति उच्च जोखिम रहने नदीहरुमा नारायणी, बागमती, पश्चिम राप्ती र बबई छन् । पूर्वी राप्ती भोलि बहावका हिसाबले उच्च जोखिममा रहने महाशाखाले जनाएको छ ।
विभागले असोज ११ देखि १३ गतेसम्म देशका अधिकांश नदीहरुको बहाव सतर्कता तह आसपास रहने अनुमान गरेको छ । नारायणी नदी देवघाट, कन्काई नदी मैनाचुली, कमला नदी बेलसोत, बागमती नदी पधेरादोभान, पूर्वी राप्ती, पश्चिम राप्त, बबई र यसका सहायक नदीहरुमा जल सतह खतरा तह आसपास रहने तथा केहीमा खतरा तह पार गर्ने महाशाखाको पूर्वानुमान छ ।
विभागले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
यतिखेर बागमती नदीको सतह ४.३५ मिटर, बागमती नदीको जलसतह बल्खु खोला स्टेशनमा १३४२.६३ मिटर, खाँडो नदीको सप्तरीमा १०४ मिटर जलसतह रहेको विभागले जनाएको छ ।
आगामी सोमबार (असोज १४ गते) देखि उक्त प्रणाली कमजोर हुने र नदीमा बहाव क्रमशः घट्दै जाने महाशखाले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना