यी हुन् ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना’ मा समेटिएका विषयहरु


काठमाडौं : सरकारले मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८०’ मा के कस्ता विषय समेटेर तयार पारिएको हो भन्ने सबैको जिज्ञासा छ । जलसरोकारलाई प्राप्त उक्त कार्ययोजनाको मस्यौदामा ११ विषय समेटिएका छन् । ती हुन् ः
१. वित्तीय व्यवस्था सम्पन्न भई निर्माण चरणमा रहेका जलविद्यत् आयोजनाहरु विद्युत् खरिद बिक्री सम्झौतामा तोकिएको Required Commercial Operation Date (RCOD) मा सम्पन्न हुने/नहुने विषय ।
२. विद्युत् उत्पादनको अनुमति प्राप्त गरेका र विद्युतु खरिद बिक्री सम्झौता सम्पन्न भई वित्तीय व्यवस्था हुन नसकेका जलविद्युत् आयोजनाहरु ।
३. विद्युत् उत्पादनको अनुमति पत्र प्राप्त गरेका तर विद्युत विद्युत् खरिद बिक्री सम्झौता र वित्तीय व्यवस्था हुन नसकेका जलविद्युत् आयोजनाहरु ।
४. विद्युत् उत्पादनको अनुमतिको लागि दरखास्त पेश गरेका र विद्युत् उत्पादनको सर्वेक्षण अनुमति लिई अध्ययनको विभिन्न चरणमा रहेका जलविद्युत् आयोजनाहरु ।
५. नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीहरुबाट विकास तथा अध्ययन भइरहेका जलविद्युत् आयोजनाहरु ।
६. आन्तरिक विद्युत् प्रसारण र वितरण प्रणालीको क्षमता विस्ता तथा विकास ।
७. अन्तर्देशीय विद्युत् प्रसारण लाइनहरुको अवस्था र आवश्यकता ।
८.जलविद्युत् आयोजनाहरु र विद्युत् प्रसारण लाइनहरु विकास गर्न आवश्यक वित्तीय स्रोत ।
९. विद्युत् निर्यातले देशको आर्थिक र सामाजिक विकासमा पार्ने प्रभाव ।
१०. योजनाबद्ध रुपमा जलविद्युत् आयोजनाहरु र विद्युत् प्रसारण लाइनहरु विकास गर्न नेपाल सरकाले अवलम्बन गर्नुपर्ने प्रशासनिक, नीतिगत तथा कानुनी सुधार ।
११. विद्युत्को आन्तरिक उपयोग वृद्धि गर्ने सम्बन्धमा ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख