संसद भवन र सर्वोच्च अदालतको संयुक्त अनुगमनमा जादै तीन मन्त्री


काठमाडौँ: सरकारका तीनजना मन्त्रीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संसद भवन र सर्वोच्च अदालतको आज संयुक्त अनुगमन गर्ने भएका छन् ।
अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले व्यवस्थापिका र कार्यपालिकाका केन्द्रहरुको अवलोकन गर्ने कार्यक्रम तय भएको बालुवाटार स्रोतले जनाएको छ ।
मन्त्रीहरुले दिउँसो संसद भवन पुग्ने, त्यसपछि सर्वोच्च अदालतको अनुगमन गर्ने र पछि भैंसेपाटीस्थित मन्त्री निवासको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
जेनजी आन्दोलनकारीले संसद भवन र सर्वोच्च अदालतमा आगजनी गरी ध्वस्त बनाएका थिए । हाल संसद भवन बन्द छ भने सर्वोच्च अदालत अस्थायी रूपमा पाल टाँगेर काम सञ्चालन भइरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन