राप्ती हाइड्रोको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं: राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले हकप्रद निष्कासनका लागि जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेसँगै आज जेठ १९ गतेसम्म शेयर राख्ने शेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले हालको चुक्ता पुँजीको १००% बराबर १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । यसले रु ६१२,७९३,८०० बराबरको ६,१२७,९३८ कित्ता हकप्रद जारी गर्नेछ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बैशाख ८ गते हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको थियो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल रहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता