निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिए


काठमाडौं— सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । १० जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का अनुसार, ड्यामतर्फ पानी जाने पट्टीको ढलान एक्कासि खस्दा १० जना घाइते भएका हुन् । दुई जनालाई निकाल्ने प्रयास भइरहेको छ । घाइते १० जनाको बाह्रबिसेस्थित प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्था भएकाहरूलाई धुलिखेल वा काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता