दबाबका बीच नयाँ चरणको आर्थिक सुधारका योजनासहितको बजेट ल्याएँ- अर्थमन्त्री पुन


काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले बजेट ल्याउदा आफू दबाबमा रहेको बताएका छन् । बुधबार बजेट बारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले यस अघिका प्रक्षेपणहरु पुरा नहुँदा आफू बजेट बनाउनेक्रममा दबाबमा रहेको बताएका हुन् । उनले बजेट बारे जानकारी दिँदै युवाहरुलाई विदेश पठाउन रोक्न, देश भित्रका अवसर नखोजेर सजिलै विदेश जान खोज्ने प्रवृतिलाई रोक्न बजेटले प्रयास गरेको बताए । आफूहरु कुनै व्यक्ति वा नेताहरुको कमजोरीलाई भन्ने भन्दा पनि हाम्रो अर्थतन्त्रको समग्र स्वरूपलाई नै समीक्षा गरेर बजेट ल्याएको दाबी गरे ।
उनले हाम्रो छिमेकमा कस्तो अर्थतन्त्र निर्माण हुँदै छ र हाम्रो देश सुहाउदो बजेट ल्याउने प्रयास गरेको बताए । उनले अब देशमा नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएको भन्दै आयोग नै गठन गरेर अगाडी जाने व्यवस्था गरेको बताए । अर्थमन्त्रीले अहिले २०-२५ प्रतिशत मात्र खर्च गरेको बताउदै अब निजी क्षेत्रलाई अगाडी बढाएर जाने नीति लिएको स्पष्ट गरे । ठूला पूर्वाधार जस्तै विमानस्थल तथा सिग्नेचर पुर्वाधारमा अब निजी क्षेत्रलाई पनि लगानी गर्न प्रेरित गर्ने व्यवस्था बजेटमा गरेको बताए ।
अर्थमन्त्री पुनले प्रदेशको विशेषता अनुसारको कार्यक्रम ल्याइएको बताए । बजेटमा कोशीलाई उद्योग, बागमतीमा सूचना प्रविधि, गण्डकीलाई पर्यटक, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिममा धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्ने योजना बजेटमा ल्याएको बताए । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् । अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।
अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक