शहरी विकास मन्त्री कुलमानद्वारा सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण


काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेन-जी प्रदर्शनका कारण सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण गरेका छन् ।
मन्त्री घिसिङले दुबै मन्त्रालयका सचिवसहित मंगलबार सिंहदरबारको मुख्य भवन र गृह मन्त्रालयको स्थलगत निरीक्षण गरी आन्दोलनका क्रममा गरिएको आगजनी र तोडफोडका कारण पुगेको क्षतिको जानकारी लिएका हुन् । शहरी विकास मन्त्रालयले संरचनमा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको छ ।

मन्त्री घिसिङले ‘विनाशबाट हामी उठ्यौं’ भन्ने सन्देश दिन सामान्य आगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने, क्षतिको मूल्याङ्कन तत्काल गर्ने र ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने बताए ।
‘कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन, भित्री काम गर्दै गरौंला तर बाहिरी भाग चिटिक्क बनाएर राख्नु पर्यो, क्षति पुगेका सवारी साधन सिंहदरबार परिसरमा यत्रतत्र छरिएर कुरुप देखिएको छ, तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गर्नुपर्छ, यसबाट ‘हामी उठ्यौं’ भन्ने सन्देश जान्छ’, मन्त्री घिसिङले भने ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना