भेरी नदीमा पानीको सतह बढ्दो, तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह


जाजरकोट,: अविरल वर्षासँगै भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जाजरकोट र डोल्पाका प्रशासन कार्यालयहरूले नदी किनार आसपासका बासिन्दालाई सर्तक रहन आग्रह गरेका छन् ।
जाजरकोटको भेरी नगरपालिका–१ रिम्नास्थित भेरी रिम जलमापन केन्द्रमा नदीको वहाव उच्च देखिएपछि जिल्ला प्रशासन कार्यालय, जाजरकोटले तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, “जलसतह खतराको तह आसपास पुगेकाले नदी किनारका बस्तीहरूमा बसोबास गर्ने स्थानीयवासीहरूले सतर्कता अपनाउन जरुरी छ ।” उनले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि सतर्क अवस्थामा रहन निर्देशन दिएको जानकारी दिए ।
त्यस्तै, डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सतह बढिरहेको जनाउँदै सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।
प्रशासनले नागरिकहरूलाई नदी आसपास नजान, बालबालिकालाई नदीतर्फ जान नदिन र आपत्कालीन अवस्थामा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना