मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान


काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। यस अवधिमा पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा पर्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ।
यसै सन्दर्भमा महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना