देशभर आज मौसम बदली, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

-lg-1750653475-lg-1757563120.jpg)
काठमाडौँ: आज देशभर साधारणतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरिपरि र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
त्यसैगरी, मधेस प्रदेशसँगै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । साथै, कोशी प्रदेशको पहाड तथा मधेस, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी तथा नदी–नाला बढ्ने जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना