जंगल नै जलाउने हाइड्रोपावरलाई नेपालको कानुनले के गर्छ ?’ : सांसद बस्नेत


काठमाडौं: सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा लागेको आगलागीमा हाइड्रोपावरलाई कारबाही गर्नेबारे संसद्को ध्यानाकर्षण गराएका छन् ।
गत १८ गतेदेखि लागेको आगो तीन दिनपछि मात्रै नियन्त्रणमा आएको भन्दै उनले देशभर आगलागीका घटनाबारे ध्यान दिनुपर्ने बताए । उनले भोटेकोशीमा लागेको आगलागीको कारण भने एक हाइड्रोपावरको करेन्ट सर्ट भएको जानकारी दिए ।
‘हिमरिभर हाइड्रोपावरमा करेन्ट सर्ट भएर त्यो आगलागी भएको अवस्था रहेछ । लामो समयसम्म आगलागी भएपछि हाइड्रोपावरलाई नै हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रणमा ल्याइयो,’ उनले भने, ‘एउटा गरिबले आफ्नो बारिको डिलको रुख काट्दा वन मुद्दामा जेल जानुपर्छ । हाइड्रोपावरले आफ्नै कारणले आगलागी भएको स्वीका¥यो । त्यहाँ ठूलो नोक्सानी भइरहेको छ । ३५ हजार हेक्टर लगभग जमिनको रुख नोक्सान भएका छन् । भने अब नेपालको कानुनले के भन्ने हो ?’
गरिब जनतालाई लाग्ने मुद्दा हाइड्रोपावरलाई पनि लाग्नुपर्ने उनको भनाइ थियो ।
‘बारीको डिलमा रुख काट्नेलाई चाहिँ जेल हाल्ने । हाइड्रोपावरको कारणले यत्रो ठूलो नोक्सानी भएको छ,’ उनले भने ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन