सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं: नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी स्थिर रहेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता