सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशभर साधारण बदली, तीन प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

जलसरोकार
सोमबार, साउन १२, २०८२ | ०८:०७:४४ बजे

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभर सामान्य बदली रहनेछ भने विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा अन्य तराई क्षेत्रमा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी प्रदेशको तराई भू-भाग र बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति पनि देशभर सामान्य बदली रहनेछ। गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा केहि स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। यसैगरी, गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसमी विश्लेषण अनुसार हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तरतिर सरेको छ, जसको प्रभावले देशका विभिन्न भागमा वर्षा सम्भावित देखिएको हो। मनसुन सक्रिय छ, र खासगरी पूर्वी नेपालमा यसले ठूलो प्रभाव देखाउने सम्भावना छ।

‘मनसुनको न्यून चापीय रेखा’ (Monsoon Trough) भन्नाले  यो एउटा हावाको दबाव कम हुने रेखा हो, जुन प्रायः भारतको उत्तर भाग हुँदै नेपाल नजिकबाट गुज्रन्छ। यसले कहाँ भारी वर्षा हुने भन्ने संकेत गर्छ। 'सरदर स्थानको आसपास' भनेको सामान्यतया जुन स्थानमा यो रेखा रहने गर्छ, त्यो स्थानको आसपासमै अहिले पनि छ भन्ने हो।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा सतर्कता आवश्यक देखिएको मौसमविद्हarूले बताएका छन्। स्थानीय बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : सोमबार, साउन १२, २०८२ | ०८:०७:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया