देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं : आगामी २४ घण्टासम्म देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । विशेषगरी पहाडी भू-भागका केही स्थानहरूमा र तराईका थोरै भागमा मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लुम्बिनी प्रदेशको तराई भू-भाग, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना छ ।
आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका अन्य पहाडी भू-भागमा साधारणतया बदली रहने विभागले जनाएको छ । बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । यस अवधिमा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
मौसम विश्लेषणअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान (Near Normal position) मा अवस्थित छ । साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले मनसुन गतिविधि केही बढ्ने देखिएको विभागले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना