आगामी २४ घण्टामा देशभर बदली, केही स्थानमा मध्यम वर्षा हुने सम्भावना


काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशभर सामान्यतया बदली रहने जनाएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भू-भागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशसहितका अन्य पहाडी क्षेत्रका थोरै स्थानमा तथा तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मौसमी विश्लेषणअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना