देशभर मनसुनी प्रभाव : केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना


काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहेका कारण आज सोमबार देशका अधिकांश भागमा बादल लाग्ने, हल्कादेखि मध्यम वर्षा तथा केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागमा पनि थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि अधिकांश भू-भागमा मौसम बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा सम्भावित छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि कायम रहनेछ।
महाशाखाले दिएको मौसम विश्लेषण अनुसार, हाल मनसुनी वायुको सक्रियता देशभर फैलिएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित रहेको छ, जसले वर्षालाई थप सक्रिय बनाएको हो।
सावधानी अपनाउन आग्रह
मौसमविद्हरूले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सम्भावित पहिरो, भू-स्खलन, खोला-नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, भारी वर्षा हुन सक्ने स्थानहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन समेत अनुरोध गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्