केही स्थानमा धेरै भारी वर्षाको सम्भावना


काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टासम्म देशभर मनसुन सक्रिय रहने भएकाले व्यापक वर्षाको सम्भावना छ।
आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। अधिकांश स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षा हुने देखिन्छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा देशको पहाडी भूभागमा पूर्णतया बदली रहनेछ भने बाँकी भूभागमा सामान्य बदली हुनेछ। गण्डकी र कर्णालीका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। साथै, सुदूरपश्चिमका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा, लुम्बिनीको तराई, गण्डकी र कर्णालीका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्हरूका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित भएकाले मनसुन सक्रिय रहँदै व्यापक वर्षा गराउने अवस्था देखिएको हो।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना