विद्युतीय सवारीको बढ्दो प्रयोग एवं भान्सामा विद्युतको खपतले पेट्रोलियम पदार्थको खपतमा कमी


काठमाडौं–नेपालमा पेट्रोलियम पदार्थको खपत घटेको छ । डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको नेपाल आयल निगमको तथ्यांकले देखाएको हो । बढ्दो विद्युतीय सवारी र भान्सामा समेत विद्युतीय साधनको प्रयोग बढेसँगै पेट्रोलियम पदार्थको प्रयोगमा कमी आएको छ ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा डिजेल ४ प्रतिशत, मट्टितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५ दशमलव ३३ प्रतिशतले कमी आएको हो । पेट्रोलको खपत १ दशमलव ६१ प्रतिशत र हवाई इन्धनको खपत १७.६७ प्रतिशतले बढेको निगमले तथ्यांक छ ।
विद्युतीय सवारीको प्रयोगसँगै विकास निर्माणको काम सुस्तहुँदा डिजेलको खपतमा कमी आएको निगमको निष्कर्ष छ। यसैगरी पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगले गर्दा पनि ग्यासको खपत घट्दै गएको हो । भन्सार विभागको तथ्यांक अनुसार चालू आवको ९ महिनामा २ खर्ब १० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
गत आवको सोही अवधिमा २ खर्ब २३ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
आन्तरिक बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको आयातमा कमी आएको हो। विभागका अनुसार नौ महिनामा एक खर्ब तीन अर्ब रुपैयाँको डिजेल, ५० अर्ब २५ करोडको पेट्रोल,४१ अर्बको एलपी ग्यास र १५ अर्ब ६१ करोडको हवाई इन्धन आयात भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता