हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

-lg-1734246331.jpg)
काठमाडौं,: सेयर बजारमा भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा २६ करोड रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको हो ।
सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले शुक्रबार प्रधानमाथि २६ करोड रुपैयाँ माग दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको बताए ।
प्रधान नेपाल हाइड्रो डेभलपर्समा अध्यक्ष हुँदा भित्री सूचना पाएर कानून विपरित सेयर कारोबार गरेर लाभ लिएको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको जनाइएको छ । उनले गैह्रकानूनी रुपमा २६ करोड कमाएको सरकारी वकिलको कार्यालयको ठहर छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख