करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु


सुर्खेत- करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका अन्दाजी २८ बर्षीय विशाल केसी रहेका छन्।
बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले अनुसार करेन्ट लागेर घाइते उनलाई प्रदेश अस्पताल लगिएको थियो। चिकित्सकहरुले बेलुका ८ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका थिए । अहिले उनको मुचुल्का उठाइने काम भइरहेको र त्यसपछि पोस्टमार्टम गरिने नेपालीले बताए।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना