आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको मर्मत सम्भारका लागि प्राधिकरणको टेन्डर

काठमाडौं,: नेपाल विद्युत् प्राधिकरणले एकसाथ आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना मर्मत सम्भारका लागि टेन्डर आह्वान गरेको छ ।
प्राधिकरणले माथिल्लो त्रिशूली थ्री ए हाइड्रो, कुलेखानी प्रथम हाइड्रो, कुलेखानी द्वितीय, कुलेखानी तेस्रो मर्मतका लागि टेन्डर आह्वान गरेको हो ।
प्राधिकरणका अनुसार गण्डक हाइड्रो, सुनकोशी हाइड्रो, इलाम (पुवाखोला) हाइड्रो र सुनसरी चतरा हाइड्रोमा समेत निर्माणका लागि टेन्डर निकालिएको छ ।
गत मनसुनमा आएको बाढी र पहिरोका कारण प्राधिकरणले निर्माण तथा व्यवस्थापन गरेका यी आयोजनामा क्षति पुगेकोे थियो । प्राधिकरणका अनुसार यसै साताबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मर्मत गरी आंशिक सञ्चालनमा ल्याइएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख