जल सम्मेलनमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौँ,: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी भएर आज साँझ स्वदेश फिर्ता भएका छन् ।
संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन (एफएओ)को आयोजनामा थाइल्याण्डको बैंककमा सोमबारदेखि सुरू भएको उक्त सम्मेलनमा भाग लिएर मंगलबार साँझ स्वदेश फिर्ता भएका हुनर ।
सम्मेलनबाट स्वदेश फिर्ता भएका ऊर्जामन्त्री खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खाद्यान्नको उत्पादन बढाउनका लागि गर्नुपर्ने माटो र पानीको सुरक्षाका बारेमा सम्मेलनमा आफूले कुरा उठाएको बताए ।
उनले पानीको अभाव व्यवस्थापन र माटोको क्षयीकरण रोक्दै दिगो कृषि र खाद्य प्रणालीको विकासमा उच्चस्तरीय कार्ययोजना आवश्यक रहेको बताएका थिए । ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई सम्बोधन गर्न आफूले सम्मेलनमा ध्यानाकर्षण गराएको मन्त्री खड्काको भनाइ थियो ।
ऊर्जामन्त्री खड्काले सम्मेलनका क्रममा जल, ऊर्जा र खाद्य सम्बन्धलाई दिगोरूपमा सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका थिए । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, थाइल्याण्ड, आयसल्याण्ड, पाकिस्तान, कम्बोडिया, भुटान, चिली जापानलगायतका दुई दर्जनभन्दा बढी देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।
मन्त्री खड्कालाई आज विमानस्थलमा ऊर्जा सचिव सुरेश आचार्य, सिँचाइ सचिव सरिता दवाडीलगायत मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख