जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन


मनाङ, : निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ । प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको समन्वय र प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा आयोजित भेलाले प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो ।
भेलामा बोल्दै सांसद गुरुङले भने,“मनाङ प्राकृतिक सम्पदाको भण्डार हो, यहॉ जलविद्युत् बाहेक शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको पनि प्रचुर सम्भावना छ, जलविद्युत् आयोजनाले यसमा सहयोग पुग्नेछ ।” एक सय ३५ मेगावाटको आयोजना निर्माण बिना अवरोध सम्पन्न गर्नु जिल्लावासीको कर्तव्य भएको उनले बताए ।
यस आयोजनाले मनाङवासीका लागि कोभिड– १९ को बेला र बाढीपहिरोको समयमा सहयोग गरेको र हालै मात्र बेँसीसहर–चामे सडकको स्तारोन्नति गरिरहेको जनाएको छ । आयोजना निर्माणसँगै निर्माण पक्षले लमजुङको खुदीदेखि कोतोसम्म ५० किलोमिटर सडक स्तरोन्नति र साँघुरो स्थानहरुमा विस्तार सुरु गरेको छ ।
सहजीकरण समितिमा नासोँ र चामे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रभावित वडाका वडाध्यक्ष, मनाङ मस्र्याङ्दी जलविद्युत् कम्पनीका पाँच प्रतिनिधि, जिल्ला समन्वय समितिका महिला सदस्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सदस्य छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख