हरिपूर्वा विद्युत् सबस्टेसन सञ्चालनको तयारीमा


सर्लाही : सर्लाहीको हरिपूर्वा नगरपालिकामा दुई वर्षअघि निर्माण गरिएको विद्युत् सबस्टेसन सञ्चालनका लागि चार्ज गर्ने तयारी पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले तत्कालै सबस्टेसन सञ्चालन हुने अवस्था रहेको बताएका छन् ।
हरिपूर्वा बजार क्षेत्र र ईश्वरपुर नगरपालिकास्थित श्रीनगर महारानी बजार क्षेत्रमा बिजुलीको पोल गाड्ने विषयमा लामो समयसम्म विवाद हुँदा सबस्टेसन बनेको दुई वर्षसम्म अलपत्र अवस्थामा रहेकोे थियो । दसैँअघि नै विवाद मिलाएर पोल गाड्ने काम पूरा भइसकेको छ, प्रमुख ठाकुरले भने, । प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरबाटै प्राविधिकसहितको टोली खटिएर हरिपूर्वामा बिजुलीको पोल गाड्ने काम पूरा गरेका थिए ।
त्यस्तै महारानी बजार क्षेत्रमा गत दसैँको मुखमा मात्रै पोल गाड्ने काम पूर भएको छ । प्रादेशिक कार्यालय जनकपुरका प्रमुख ठाकुरले विद्युत् सबस्टेसन चार्ज गर्नुअघि आमसर्वसाधारणलाई तार नछुन आग्रहसहितको एक हप्ते सूचना प्रकाशित गरिएको बताए । सबस्टेसनको ट्रान्सफर्मर चार्ज गर्न एक हप्ता लाग्छ । यी सबै काम तत्काल सम्पन्न गरेर सबस्टेसन सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।
उनले भने,“अब कुनै समस्या छैन, प्राविधिक काम पूरा गरी हरिपूर्वाको सबस्टेसन चालु गर्छौं ।” निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि पोल गाड्ने विषयको विवादले सबस्टेसन चल्न नसकेपछि प्राधिकरण्को जिल्लास्थित लालबन्दी र मलङ्गवा वितरण केन्द्र, प्रादेशिक कार्यालय जनकपुर, जिल्ला प्रशासन कार्यालय सर्लाही, ईश्वर पुर नगर पालिका र हरिपूर्वा नगरपालिकाले सव्रिmयता देखाएर पोल गाड्ने काम पूरा गरेका हुन् ।
यो सबस्टेसन चालु नहुँदा जिल्लाको पूर्वी भेगमा सदरमुकाम मलङ्गवादेखि बत्ती ल्याउनुपर्दा लामो प्रसारण लाइनका कारण छिनछिनमै बत्ती कट्ने, बत्ती आउँदा भोल्टेज नहुने, कुनै प्राविधिक गडबढी हुँदा १२ घण्टाभन्दा बढी समय बत्ती नआउने जस्ता समस्या स्थानीय खेप्नुपरको थियो । यहाँको सबस्टेसन सञ्चालन भएपछि पूर्वी भेगको हरिपूर्वा नगरपालिका, ईश्वरपुर नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका र चन्द्रनगर गाउँपालिकाको विद्युत् नियमित हुनुका साथै भोल्टेजको स्तर बढ्ने प्राविधिकले बताए ।
पूर्वपश्चिम राजमार्गस्थित बाँके चोकमा ढल्केबरतर्फबाट ल्याइएको ३३ केभी लाइन जोडेर श्रीनगर, वसन्तपुर, हरिपूर्वा हुँदै हरिपूर्वा नगरपालिका–२ मा निर्माण भएको सबस्टेसनमा पु-याइएको छ । सबस्टेसनबाट ११ केभीको दुई वटा फिडरबाट उपभोक्तालाई बिजुली वितरण गर्ने प्राधिकरणको तयारी छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्