सप्तरीमा खाँडो नदीको बाढी बस्तीमा पस्दा ३० घर डुबानमा


काठमाडौं – सप्तरीको रुपनी गाउँपालिकास्थित खाँडो नदीको बाढी बस्तीमा पसेको छ । खाँडो नदीको बाढी तटबन्धमाथिबाट बस्तीमा पस्दा रुपनी–१ का करिब ३० घर डुबानमा परेका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार कञ्चनरूप नगरपालिका वडा नं। ३ र ११ तथा तिरुहुत गाउँपालिका वडा नं. १ र २ मा समेत बाढी पसेको छ भने राजविराजका घरहरूमा पनि पानी पसेको छ ।
बाढी र डुबानको क्षतिबारे तथ्याङ्क सङ्कलनको काम तथा पीडितको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता