अविरल वर्षाले कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध


बागलुङ: लगातारको वर्षाका कारण खसेको ठूलो पहिरोले कालीगण्डकी ‘करिडोर’को बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगर क्षेत्रमा शनिबार चट्टानसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार आइतबार दिनभर दुई स्काभेटर परिचालन गरेर सडक खोल्ने प्रयास भए पनि पहिरो अत्यन्त ठूलो भएकाले अझै सञ्चालनमा ल्याउन नसकिएको हो ।
सडक बन्द हुँदा यात्रु तथा स्थानीयवासीलाई ठूलो असुविधा भएको छ । ठूला–ठूला चट्टानसहितको पहिरोका कारण अवरुद्ध सडक खोल्न कठिनाइ भइरहेको बताइएको छ। कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरी आज बिहानैदेखि पुनः पहिरो पन्छ्याउने काम सुरु गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना