कालीगण्डकी सडक पहिरोले पूर्ण अवरुद्ध


गुल्मी: कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कबजार क्षेत्रको बीच भागमा आज बिहान ठूलो चट्टानसहितको पहिरो खसेपछि कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सडक बन्द भएको खबर प्राप्त हुनासाथ प्रहरीले पुर्तीघाट प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए । उनका अनुसार पहिरोले बाटो पूरै थुकेकाले तत्काल आवागमन सम्भव नभएको छ ।
हाल पहिरो पन्छाउने काम स्थानीय प्रशासन, प्रहरी र डोजरमार्फत तीव्र गतिमा भइरहेको बताइएको छ । लगातार वर्षाका कारण थप पहिरो खस्ने सम्भावना रहेकाले सावधानीपूर्वक काम भइरहेको छ ।
स्थानीय बासिन्दाले पहिरो हटाउन ढिलाइ भएमा आवश्यक सेवामा समस्या आउने भन्दै छिटो सडक सुचारु गर्न माग गरेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना