जलवायु परिवर्तनको सम्बन्धमा संसद्भित्र छलफल गरौँ : सांसद सापकोटा


काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावहरुको सम्बन्धमा संसदभित्र छलफल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावहरुका सम्बन्धमा संसद्मा छलफल हुनुपर्ने बताएका हुन् । उनले यसको सम्बन्धमा संसद्को भूमिका के रहने भन्नेमा पनि निष्कर्ष निकालेर अघि बढ्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा संसद्ले पनि आफ्नो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने बताए ।
‘सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु कि ०७८ साल असार १ गते जुन बाढी, पहिरो आयो सबभन्दा पहिला त त्यो करिडोर क्षेत्रका इन्द्रावती र मेचम्ची क्षेत्रका बासिन्दाहरुले पाउनुपर्ने क्षतिपूर्ति र राहतलगायतका विषयहरुका बारेमा कुनै सम्बोधन भएको छैन । यसका बारेमा सम्बोधन होस्' उनले भने ।
सांसद सापकोटाले आउँदै गरेको वर्षात्को जोखिमहरू र त्यसका पूर्वतयारीका सम्बन्धमा पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता