महाकाली नदीको जलस्तर खतराजनक स्तरमा, ४५ घर डुबान


कञ्चनपुर: आइतबार रातिदेखिको अविरल वर्षाले कञ्चनपुरका विभिन्न क्षेत्रमा बाढी डुबान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका बस्तीमा नदी पस्दा ४५ घर डुबानमा परेका छन् ।
दोधारा चाँदनी–८ को रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका छन् । त्यहाँका करिब ७० जना बासस्थान गुमाएर नजिकैको विद्यालयमा आश्रय लिन बाध्य भएका छन् ।
त्यसैगरी, दोधारा चाँदनी–३ स्थित पटराखल्लामा १५ घर डुबानमा परेका छन् भने भीमदत्त–११ भुजेलामा पाँच घर डुबानमा परेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार प्रभावित परिवारका करिब ५५ जनालाई जमुना आधारभूत विद्यालयमा सुरक्षित स्थानमा सारिएको छ । चौपाया र सरसामान पनि उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।
महाकालीमा जलस्तर बढ्यो
वर्षासँगै महाकाली नदीको जलस्तर खतराजनक स्तरमा पुगेको छ । अहिले नदीमा पानीको बहाव एक लाख ४० हजार २५० क्युसेक नापिएको प्रहरीले जनाएको छ ।
नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले शारदा ब्यारेजमार्फत हुने चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनको आवागमन रोक्ने गरेकोमा अहिले यातायात आवागमन पूर्णरूपमा बन्द गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना