सञ्चालनमा आयो प्युठानको दम्ती सबस्टेसन , विद्युत् आपूर्ति हुँदा ३२ हजार घरधुरी लाभान्वित


प्युठान,: नेपाल विद्युत् प्राधिकरणले प्युठानको दम्तीमा निर्माण गरेको सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
आठ वर्षअघि निर्माण थालिएको सबस्टेसन यही कात्तिक १४ गतेदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिए ।
दासका अनुसार सबस्टेसनबाट तीन वटा ११ केभी फिडरमार्फत जिल्लामा विद्युत् आपूर्ति गरिएको छ । यसबाट करिब ३२ हजार घरधुरी लाभान्वित हुने उनको भनाइ छ ।
उनले भने, ‘अब जुम्रीबाट ३३ केभीबाट दम्ती सबस्टेसन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने छ ।’
प्राधिकरण र त्रिपुरेश्वर जय दुर्गे जेभीबीच ५ करोड ३६ लाख ६० हजार ६८२ रुपैयाँमा २०७४ जेठ १७ गते सबस्टेसन निर्माणको लागि ठेक्का सम्झौता भएको थियो ।
तर, ‘स्थानीयले काममा अवरोध गरेको’ भन्दै निर्माण कम्पनीले काम रोकेपछि सबस्टेसनको काम अलपत्र परेको थियो । प्राधिकरणले निर्माण कम्पनीसँग सम्झौता तोडेर काम अघि बढाएपछि सबस्टेसन सञ्चालनमा आएको हो ।
जिल्लाका ९ वटा स्थानीय तहका ६४ वडामध्ये नौबहिनी–१ को स्याउलीबाङ र गौमुखी–३ को खराबाहेक सबै स्थानमा विद्युत् लाइन पुगेको प्राधिकरणले जनाएको छ । जिल्लाका ४५ हजार घरधुरीमध्ये ४४ हजार घरधुरीमा विद्युत् पुगेको छ । आउँदो पुस महिनाभित्र प्युठान जिल्लाका सबै घरमा बिजुली पुग्ने प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना