राधि विद्युत् कम्पनीले घोषणा गर्यो ५ प्रतिशत लाभांश


काठमाडौं,: राधि विद्युत् कम्पनीले सेयरधनीका लागि ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
साथै कम्पनीले पुस १८ गतेका लागि साधारणसभा बोलाएको छ । पुस ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश र साधारणभामा भाग लिन सक्नेछन् ।
साथै कम्पनीले १ बराबर ०.६९८९ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगको सहमति पश्चात साधारणसभामा प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख