देशभर साधारण बदली, चारवटा प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना


काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशभर साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि यस्तै मौसम रहन सक्ने जनाइएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ भने बाँकी तराई भू-भागका केही स्थानहरूमा पनि वर्षा हुन सक्नेछ।
बागमती प्रदेशको पहाडी भू-भागमा भने एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैले सम्भावित बाढी, पहिरो तथा जलमग्नताबाट सतर्क रहन अनुरोध गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना