ज्ञानेन्द्रबहादुर कार्की र मुकेश काफ्लेले लोडसेडिङ हटाएका हुन् : ऊर्जा मन्त्री खड्का


काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्काले तत्कालीन जलस्रोत मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्ले लोडसेडिङ अन्त्य गराएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकले सम्बोधन गर्दै ऊर्जा मन्त्री खड्काले तत्कालीन मन्त्री कार्कीले आफ्नो कार्यकालमा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन निर्माणको कार्य गराएको र तत्कालीन एमडी काफ्ले रहेको अवस्थामा भएको प्रशारण लाइन निर्माणका कारण लोड सेडिङ्ग मुक्त गर्न सफल भएको बताए ।
‘यो कार्यमा हालका एमडी (कुलमान घिसिङ) को कुनै योगदान छैन, तर यसको सम्पूर्ण श्रेय उहाँ अफैले लिदै हिड्ने गर्नु भएको छ,’ मन्त्री खड्काले भने ।
मन्त्री खड्काले नेपालको ऊर्जा संकटलाई अन्त्य गर्न नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७२÷११÷०६ मा राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना स्वीकृत भई लोडसेडिङ अन्त्यका लागि सो कार्य योजनाको कार्यान्यन सुरु गरिएको पनि उल्लेख गरे ।
मन्त्री खड्काले त्यतिबेलै २०७५ साल सम्ममा नेपालकै अन्तरिक उत्पादन बाट बर्खायामको लोडसेडिङ अन्त्य हुने र हिउँदयाममा ४०० देखि ५०० मेगावाट आयात भएमा लोडसेडिङ पुर्णतया अन्त्य हुने अनुमान गरिएको बताए । ‘त्यसैअनुसार आ. व. २०७४÷७५ को पौष–माघ महिनामा भारत बाट औसत ४२५ मेगावाट विद्युत आयात गरी २०७५ साल जेष्ठ १ गते बाट लोडसेडिङ अन्त्य भएको थियो,’ उनले भने ।
मन्त्री खड्काले लोडसेडिङ अन्त्य गराएको जश कुलमान घिसिङकोमा गएकोमा रोष प्रकट गरेका हुन् । मन्त्री खड्काले २०७२ सालमा ८ घण्टा लोडसेडिङ गरे पुग्नेमा तत्कालीन प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले १४ घण्टा लोडसेडिङ गराएर बाँकी ६ घण्टाको बिजुली उद्योगहरुलाई दिएको र त्यही बिजुलीको पैसा अहिले नउठाउन सिंगो राज्यशक्ति लागेको चाहिं बिर्सिएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख